डेंगु देखिएमा, स्वास्थ्य संस्था जान मन्त्रालयको आग्रह

पाेखरा | बैशाख २१, २०८०

डेंगु देखिएमा, स्वास्थ्य संस्था जान मन्त्रालयको आग्रह

 

 

 काठमाडौं, वैशाख २१ गते । सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ । 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको हो ।

 

पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।  डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रमण रोग हो ।

 

यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न, सरकारले घरवरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

पोखरा:  पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ ।  साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

थप पढ्नुहोस्

पोखरा:  १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

थप पढ्नुहोस्